FAQs Complain Problems

बिदा सम्बन्धनमा ।

मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र (ईद) को शुभ अवसरमा नेपाल सरकारद्वारा मिति २०७६।०२।२२ गते १ दिन मात्र सार्वजनिक बिदा दिइएको र सोही बमोजिम गौर नगरपालिकाको सार्वजनिक बिदा घोषणा सम्बन्धी कार्यविधि, २०७५ को दफा ५(१) को व्यवस्थानुसार उक्त दिन नगर कार्यपालिकाको कार्यालय, गौर र मातहतका वडा कार्यालयहरूमा बिदा रहेकामा आज मिति २०७६।०२।२३ गते बिहीवार देखि नगर कार्यपालिकाको कार्यालय, गौर र मातहतका सबै वडा कार्यालयहरू नियमितरूपमा खुला रहने व्यहोरा आदरणीय नगरवासीहरू तथा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।