जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो । जन्मेको ३५ दिन भित्रै आ-आफ्नो वडा कार्यालयमा गई दर्ता गरौं । जथाभावि फोहोर नफालौँ, नगर स्वच्छ, सफा र सुन्दर राखौँ ।, नगरपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा नगरपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं । । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , नगरपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , गाैर नगरपालिका क्षेत्रलाई खुला दिशा मुक्त बनाउने अभियानलाई सार्थकता दिन सहयोग पुर्याऔँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

हार्दिक श्रद्धाञ्जली एवं शोक बिदा दिइएको सम्बन्धमा ।

यस नगरपालिकाको पूर्व नगर प्रमुख श्री गौरीशंकर प्रसाद यादवज्यूको उपचारको क्रममा मित्रराष्ट्र भारतक‍ो राजधानी नयाँदिल्लीमा  मिति २०७५।०७।३० गते निधन भएक‍ो दुःखद समाचारले स्तब्ध र अत्यन्त मर्माहत भएको छु।

गौर नगरपालिकाको विकास र उन्नयनमा वहाँले पुर्याउनु भएको उल्लेखनीय योगदानक‍ो स्मरण गर्दै पीडाको यस क्षणमा दिवंगत अात्माको चीर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु एवं शोक संतप्त परिवारमा हार्दिक संवेदना व्यक्त गर्दछु।

साथै, पूर्व नगर प्रमुख स्व. श्री गौरीशंकर प्रसाद यादवज्यूको सम्मान एवं सम्झनामा शोक बिदा दिने निर्णय गरेकोले यस नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरू तथा विषयगत शाखाहरूमा अाज मिति २०७५।०७।३० गते शुक्रबारका दिन बिदा रहने व्यहोरा अादरणीय नगरवासीहरू तथा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु। 

                                                                                                                                                                                                                                                                       अजय कुमार गुप्ता
                                                                                                                                                                                                                                                               नगर प्रमुख, गौर नगरपालिका