FAQs Complain Problems

सूचनाहरु

सामािजक सुरक्षा भत्ता सम्बन्धी सार्वजनिक सूचना

सामाजिक सुरक्षा भत्ता सम्वन्धी सार्वजनिक सूचना

मितिः २०७३।४।१४

गौर नगरपालिका कार्यालय,रौतहट

सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७२, अनुसार सामाजिक सुरक्षा भत्ता पाउने  जेष्ठ नागरिक, अविवाहित वा सम्वन्ध विच्छेद भएका ६० वर्ष पुरा गरेका एकल महिला, पतिको मृत्यु भएका जुनसुकै उमेरका विधवा, महिला तथा वालवालिका कार्यालयवाट रातो वा निलो रङ्गको परिचय पत्र प्राप्त गरेका अपाङ्गता भएका व्यक्तिहरु र दलित समुदायका ५ वर्ष ननाघेका वालवालिकाको भत्ता सुनिश्चित गर्न देहाय अनुसार गर्नुहुन अनुरोध छ ।

क) दलित समुदायका ६० वर्ष पुगेका तथा अन्यका हकमा ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुले नाम दर्ताका लागि अनिवार्य रुपमा श्रावण  देखि मङ्गसिर १५ भित्र यस कार्यालयमा दरखास्त दिनुपर्नेछ ।

ख) अन्य लाभग्राहीहरुले नाम दर्ताका लागि जुनसुकै समयमा यस कार्यालयमा दरखास्त दिन सकिनेछ ।

ग) दरखास्त साथ नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो संलग्न गर्नुपर्नेछ । साथै अपाङ्गताको हकमा अपाङ्गताको परिचयपत्र, एकल महिलाको हकमा सम्वन्ध विच्छेद दर्ताको प्रमाणपत्र, विधवाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्र र बालवालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र तथा आमा वा अभिभावकको नागरिकताको प्रमाण पत्रको फोटोकपी समेत संलग्न गर्नुपर्नेछ ।

घ) सवै प्रकारको भत्ता वैंक मार्फत वितरण हुने भएकोले तोकिएको वैंकमा खाता खोल्नुपर्नेछ ।