यस वेबसाइटमा उपलब्ध गराइएका सफ्टवेयर तथा सामग्रीहरू विद्यार्थीहरूको अध्ययन, अभ्यास तथा शैक्षिक प्रयोजनका लागि मात्र राखिएका हुन्। यी सफ्टवेयरहरू कुनै कार्यालय, संस्था वा कम्पनीको व्यावसायिक तथा संस्थागत प्रयोजनका लागि डाउनलोड, प्रयोग वा वितरण गर्न अनुमति छैन।
कार्यालय, संस्था वा कम्पनीलाई आवश्यक पर्ने सफ्टवेयरका लागि कृपया सम्बन्धित सफ्टवेयर विकासकर्ता/कम्पनीको आधिकारिक वेबसाइट भ्रमण गरी आवश्यक अनुमति वा लाइसेन्स प्राप्त गरेर मात्र प्रयोग गर्नुहोस्।
यस वेबसाइटमा उपलब्ध सफ्टवेयरहरू सम्बन्धमा Gaur Municipality IT Department र सम्बन्धित सफ्टवेयर कम्पनीबीच कुनै व्यावसायिक सम्झौता, आधिकारिक साझेदारी वा अधिकार हस्तान्तरण भएको छैन। साथै, यस वेबसाइटले ती सफ्टवेयरको कुनै स्वामित्व वा प्रतिलिपि अधिकार (Copyright) दाबी गर्दैन। सफ्टवेयर तथा सम्बन्धित बौद्धिक सम्पत्तिको सम्पूर्ण अधिकार सम्बन्धित विकासकर्ता/कम्पनी वा अधिकारधनीमै निहित रहनेछ।
विद्यार्थीबाहेक अन्य व्यक्ति, कार्यालय, संस्था वा कम्पनीले यी सफ्टवेयरहरू डाउनलोड वा प्रयोग गरी उत्पन्न हुने कुनै पनि कानुनी, प्राविधिक वा अन्य दायित्वका लागि Gaur Municipality IT Department जिम्मेवार हुने छैन।
सफ्टवेयर प्रयोग गर्नुअघि सम्बन्धित विकासकर्ता/कम्पनीले तोकेका लाइसेन्स, प्रयोगका सर्तहरू (Terms of Use) तथा प्रतिलिपि अधिकारसम्बन्धी प्रावधानहरू अनिवार्य रूपमा पालना गर्नुहोस्।
Gaur Municipality, IT Department