FAQs Complain Problems

गौर नगरपालिकाको अनुरोध

केही दिन यतादेखि तापक्रममा उच्च बृद्धि भई नगर क्षेत्र भित्र निकै गर्मी बढ्न गएकोले गर्मीबाट स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरबाट बच्न देहाय अनुसारको सतर्कता अपनाउनु हुन नगर कार्यपालिकाको कार्यालय, गौर सम्पूर्ण नगरवासीहरुमा हार्दिक अनुरोध गर्दछ ।

  1. प्रशस्त मात्रामा शुद्ध खाने पानी पिउने ।
  2. चर्को घाममा बाहिर ननिस्कने ।
  3. यथासंभव सूति जस्ता शीतल र पातलो कपडा लगाउने ।
  4. रुखको छहारीमा बस्ने ।
  5. दिनमा २/३ पटक नुहाउने ।
  6. धेरै तातो, पीरो वा मसालेदार खानेकुराको सेवन नगर्ने ।
  7. धुम्रपान, मद्यपान वा सूर्तीजन्य पदार्थको सेवन नगर्ने ।

                                                  मिति २०७५ साल भाद्र ३ गते